१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गरिने छ : टोपबहादुर रायमाझी



बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोजेका कारण पार्टी एकता बचाउन नसकिएको बताएका छन् । उनले अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गरिएको बताउँदै आफुहरुले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोजेको बताए ।

बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू मूल नेतृत्व केपी ओलीलाई नै मानेर एकतामा बसेको बताए । उनले प्रचण्डहरुको नियत ठीक नभएकाले नेकपा छाडेर भागेको आरोप लगाए ।

एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताउँदै रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए । रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको स्पष्ट पारे ।

रायमाझीले सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जितेकाहरुले रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँडेर ऐतिहासिक भूल गरेको टिप्पणी गरे । ‘कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’उनले भने ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : २३ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७