२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कांग्रेस नेताको नेतृत्वमा ‘राष्ट्रिय भूमि आयोग- २०७८’ गठन



काठमाडौं । ओली सरकारले गठन गरेको भूमिसम्बन्धी आयोग खारेज गरेको देउवा सरकारले सुकुम्बासी समस्या समाधानका नाममा नयाँ आयोग गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको हो । बैठकले आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको छ । निरौला र खड्काले बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १९ गते तत्कालिन भूमिसम्बन्धी आयोग खारेज गरेको थियो । देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दा नेकपा एमालेले गम्भीर आपत्ति जनाएको थियषे ।

निरौला नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन् । खड्का माओवादी केन्द्र निकट किसान संगठनका नेता हुन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ४९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका