२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

लाफा समुहद्धारा असोज १५ देखी ‘बि’ लेभल भलिबल प्रतियोगिता हुदै



बुटवल । लाफा समुहले असोजको दोस्रो हप्तादेखि पुरुष भलिबल प्रतियोगिता गराउने भएको छ ।

खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई ब्यवसायिक बनाउन उदेश्यका साथ समुहको आयोजनामा असोज १५ देखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरिसमुहका अध्यक्ष तारा रेश्मीमगरले दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान निर्माण, टिम दर्ता लगायतका तयारी शुरु भएको बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

समुहले सामाजिक उत्तरदायीत्ब अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए ।

लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समुहका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ८ : ४१ बजे

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत