१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रिय चित्रकला प्रतियोगितामा दीप बोर्डिङका सम्राट प्रथम



बुटवल । राष्ट्रिय बाल दिवस-२०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङ हाई स्कूल बुटवलको कक्षा ६ मा अध्ययनरत छात्र सम्राट श्रेष्ठ प्रथम भएका छन् ।

नेपाल बाल सङ्गठन जिल्ला शाखा रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका उनले देशैभरिका बाल चित्रकारलाई पछि पार्र्दै प्रथम हुन सफल भएका हुन् ।

राष्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा जिल्ला स्तरमा भएका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल चित्रकार विद्यार्थीहरूले भाग लिएका थिए ।

प्रथम भएसँगै सम्राट श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट नगद रु १५ हजारका साथ प्रमाणपत्र प्राप्त ग्रहण गरेका छन् । उनले जिल्ला स्तरीय प्रतियोगितामा द्वितीय हुँदा नगर रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेपाल बाल सङ्गठनले कक्षा ६ सम्म जुनियर र कक्षा ६ देखि कक्षा १० सम्मको सिनियर समूह बनाई प्रतियोगिता आयोजना गरेको थियो । जिल्ला स्तरीय सिनियर चित्रकला तर्फ दीप बोर्डिङ हाई स्कूलकै कृष राना प्रथम भएका थिए ।

चित्रकला प्रथम हुन सफल विद्यार्थीलाई दीप बोर्डिङ हाई स्कूलकी चित्रकला प्रशिक्षक सुमित्रा रानाले प्रशिक्षण दिएका थिए । आफूले प्रशिक्षण गरेको विद्यार्थीले राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेकोमा खुसी व्यक्त गर्दैै प्रशिक्षक रानाले चित्रकला प्रशिक्षणको क्षेत्रमा थप हौसला र जिम्मेवारी बढेको बताए ।

नेपाल बाल सङ्गठन केन्द्रीय समिति अध्यक्ष विद्या उपाध्याय न्यौपानेको अध्यक्षता, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो भने प्रतियोगितामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुष्मा राज भण्डारी, प्राज्ञ गणेशकुमार जिसी र बाल शिक्षा विशेषज्ञ पूजा उपाध्यायले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १० : १३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर