१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एशियन कंक्रिटोले पायो नेपाल गुणस्तर ‘एनएस’ चिन्ह



बुटवल ।  कंक्रिटजन्य वस्तु उत्पादन गर्ने एशियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ।

बुटवलमा बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीले नेपाल गुणस्तरचिन्ह पाएको बताएको हो । नवलपरासीमा रहेको यस उद्योगले गत वैशाखमा नेपाल गुणस्तरचिन्ह पाएको जनाएको छ ।

कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर ‘एनएस’ चिन्ह  प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो भएको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए। रूङ्गटाले यूरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको बताए ।

सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ रूङ्गटाले बताए । उनले भने, ‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं ।’

उद्योगले ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ ।  यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह्र प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग हुनेगरेको छ । यस्तै इन्टरलक ब्लक फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन प्रयोग हुन्छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ७ : ५० बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल