१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एशियन कंक्रिटोले पायो नेपाल गुणस्तर ‘एनएस’ चिन्ह



बुटवल ।  कंक्रिटजन्य वस्तु उत्पादन गर्ने एशियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ।

बुटवलमा बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीले नेपाल गुणस्तरचिन्ह पाएको बताएको हो । नवलपरासीमा रहेको यस उद्योगले गत वैशाखमा नेपाल गुणस्तरचिन्ह पाएको जनाएको छ ।

कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर ‘एनएस’ चिन्ह  प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो भएको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए। रूङ्गटाले यूरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको बताए ।

सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ रूङ्गटाले बताए । उनले भने, ‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं ।’

उद्योगले ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ ।  यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह्र प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग हुनेगरेको छ । यस्तै इन्टरलक ब्लक फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन प्रयोग हुन्छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ७ : ५० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू