४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ ।

सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ ।

युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।

कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा सङ्लग्नको खोजी भइरहेको बताए ।

घटनाबारे छानबिन गरी दोषीलाई कारवाही गरिने उनले बताए । कुटपिटमा संलग्नमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ५५ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता