१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा लिङ्गो ठड्याइयो



काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ः५१ बजेको शुभ साइतमा गरिएको छ ।

नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोलको यात्रा गराइन्छ ।

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १० बजेर ३६ मिनेटको शुभ साइतमा इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने कार्यक्रम तय भएको छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन विधिवत रुपमा समापन गरिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ०८ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक