६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

बँदेल नियन्त्रणका लागि थापिएको विद्युतिय धरापमा परि बर्दियामा एकाघरका ३ जनाको ज्यान गयो



बर्दिया । जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै घरका तीनजनाको विद्युतिय धरापमा परि मृत्यु भएको हो ।

शुक्रबार राति स्थानीय राजबहादुर शाहीको खेतमा पानी हेर्न गएका बेला शाहीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय धरापमा परि ३५ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती ३० वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४५ वर्षीया बेलमतीको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा स्थानीय ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले बताए ।

बर्दिया निकुञ्जबाट निस्कने बंदेलले ठुलो अनुपातमा धानबाली नष्ट गर्न थालेपछि लामो समयदेखि बर्दिया र यस आसपासका क्षेत्रमा बंदेलबाट धानबाली जोगाउन विद्युतिय धराप थाप्ने गरिन्छ । यस अघि पनि विद्युतिय धरापमा परि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : २६ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र