२० असार २०८३, शनिबार | July 5, 2026

नेपाल पक्ष छाडेर एमाले फर्केका नेताहरुलाई रामकुमारी झाँक्रीले लगाईन् युद्ध अपराधीको आरोप



काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाल समुह छाडेर एमाले फिर्ता भएका नेताहरुलाई युद्ध अपराधी र भगौडा जर्नेलको संज्ञा दिएकी छिन् । शनिबार सिन्धुलीमा एकिकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताएकी हुन् । नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसकिने झाँक्रीको संकेत थियो ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ कार्यक्रममा उनले भनिन्, -‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । नेतृ झाँक्रीले युद्ध छाडेर भागेकाहरुले सरेन्डर गरे भने भने ढोका खोल्नु पर्ने बताईन् । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास भएकाे उदाहरण दिँदै उनले फर्केर आए ढोका बन्द गर्न नहुने बताईन् ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए । एमाले फर्केका नेताहरुले एमालेको विवाद ठुलो भएपनि पार्टी विभाजनकै अवस्थामा पुग्ने विवाद नभएको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : २८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी