२२ भदौ २०८३, सोमबार | September 7, 2026

मुलुक सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले संविधान पालनमा केही चुनौती आएपनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै नेपालीहरुलाइ आग्रह समेत गरेका हुन ।

उनले संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत बताए ।

‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ ।’ उनले भने- ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।’

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ मनाइएको हो ।

प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घोषणा गरे ।

सो अबसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी बिकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि