१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

चितवन कारागारका २३ कैदीलाई आममाफी



चितवन । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नौजना, कर्तव्य ज्यानका तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् ।

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताए । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेको छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : ५७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग