१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नयाँ प्रतिबन्धले अफगानिस्तानमा महिला थप आक्रोशित



काबुल । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ।

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ। तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ।

परराष्ट्र मन्त्रालयकी वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको एएफपीलाई बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ। जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् ।

यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ। यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ। यस्ता कदमले सबै महिलाहरू भयभीत भएका छन् । उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् ।

देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ४१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू