काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ ।
यही असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब १४,१५ र १६ गते हुनेभएको छ । सम्मेलनको पूर्वतयारी नसकिएकोले एकसाता पछि सारिएको अखिल क्रान्तिकारीले जनाएको छ । हालसम्म ५५ जिल्लामा सम्मेलन सकिएको छ । तर काठमाडौंसहित केही जिल्ला र केही प्रदेशको सम्मेलन बाँकी रहेको बताइएको छ ।
सम्मेलन सार्नुअघि क्रान्तिकारीका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भेट गरेका थिए । त्यसक्रममा उनीहरुले सम्मेलनको तयारीको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
सम्मेलन सर्नुमा क्रान्तिकारीको नेतृत्व चयनलाई सर्वसम्मत बनाउने प्रयास रहेको पनि बताइएको छ । नेतृत्व चयन गर्न नसक्दा योङ कम्युनिष्ट लिग (वाईसीएलको राष्ट्रिय भेलाल केन्द्रीय समितिमा मात्र चयन गरेको थियो । क्रान्तिकारीमा पनि नेतृत्वका लागि दुई विद्यार्थी नेता सुरेन्द्र बस्नेत र पञ्चा सिंहबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।
प्रतिक्रिया