८ बैशाख २०८१, शनिबार | April 20, 2024

रगत अभाव रोक्न आकस्मिक रक्तदान, जागृतिको रक्तदानमा ५३ युनिट रगत संकलन



बुटवल । रुपन्देहीमा पछिल्लोसमय रगत अभाव देखिएको छ । स्थानिय निर्वाचन घोषणा भएसंगै रगत अभाव देखिएपछि आकस्मिक रक्तदानमा जोड दिईएको छ ।

जागृति बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले आफनो २१ औ स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गरि मनाएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले बुधबार नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले पहिलो रक्तदातालाई ब्लड ब्याग बितरण गरि शुभारम्भ गरेका थिए ।

देशभरमा रगत अभाव हुदा रुपन्देहीबाट अभियान चलाएको स्मरण गर्दै उनले पछिल्लोसमय यहा रगतको अभाव देखिएको बताए । ‘हामीले दैनिक आकस्मिक रक्तदान कार्यक्रम चलाएका छौ ।’- उनले भने । केन्द्रमा रगतको माग धेरै बढेको उनले बताए । स्थानिय निर्वाचन अवधिमा रगतको अभाव देखिएको भन्दै उनले यस अवधिमा आकस्मिक रक्तदान गरि माग थेग्न सफल भएको उनले बताए ।

सहकारीको अध्यक्ष रमेश प्रसाद पाण्डे, निबर्तमान अध्यक्ष गणेश प्रसाद भट्टराई, पुर्व अध्यक्ष भोजराज पान्डे, सचिव लालप्रसाद बश्यालले नियमित वार्षिक कार्यक्रम राखेर सहकारीमार्फत सामाजिक कार्यमा योगदान दिदै आएको बताए । कार्यक्रमका संयोजक शेष नारायण बश्यालले सहकारीको रक्तदानमा ५३ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ०२ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर