२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नौलो सहकारीद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । बुटवल-७ दिपनगर स्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले आफू मन्त्री हुुँदा विपन्न नागरिकका लागि रगत सहज होस भनेर निःशुुल्क रगत पाउने व्यवस्था गरेको बताए । श्रेष्ठले रगतको अभावमा कसै मृत्यु हुन नदिन स्वस्थ्य युुवाहरुले नियमित रक्तदान गनुुपर्ने बताए । कार्यक्रम सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले सहकारी सामाजिक कार्यमा निरन्तर लागिरहने बताए ।

सहकारीका शिक्षा समिति संयोजक विकास जंग बस्नेतले प्रत्येक स्वस्थ युवाहरुले आफ्नो १८ औं जन्मदिनपछि नियमित रक्तदान गर्नुुपर्ने बताए । सो अवसरमा ३५ युनिट रगत संकलन भएको बस्नेतले बताए ।

कार्यक्रममा नेपाल स्यवसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष दिनेश थापा, सहकारीका सल्लाहकार दीपक बस्याल लगायत बोलेका थिए ।

सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षा समितिका संयोजक विकासजंग बस्नेतको स्वागत तथा सचिव सुजन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीका करिब ५०० शेयर सदस्य छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ०३ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३