३ पुस २०८२, बिहिबार | December 18, 2025

यस्तो छ काठमाडौं प्रहरीको चाडवाड सुरक्षा योजना



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडवाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडवाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।

यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दसैंतिहार लक्षित गर्दै करिब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ ।

यस्तै, भीडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछ । यसैगरी, घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक९पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ ।

यसैगरी, सार्वजनिक स्थलहरूमा धुमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागूऔषध तथा नशालु पदार्थ सेवन तथा वेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

यस्तै, रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ ।

यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरूका बारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन