१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

तमसुकमा बिहे, वडामा तलाक



सिरहा । सिरहाको लहान नगरपालिका-५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर-२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो । विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे ।

दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ । सुन-चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छb। जसमा लेखिएको छ- ‘श्रीमान्ले श्रीमती…..सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू ।’

नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे । ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो । श्रीमान् पनि विदेश गयो । विदेश जान रोक्न खोज्दा पनि मानेन । थाहै नदिई गयो’, तवसुमले भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन । यता घरमा सासू-ससुराले पीडा दिन थाल्यो ।’ उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन । पछि गाउँका जातीय अगुवाले छलफल गरी सासू-ससुरासँगै बस्न पठाएको उनले सुनाइन ।

‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ । श्रीमान् पनि सम्पर्कविहीन भयो । सासू-ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे । तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक)को निवेदन हाल्न लगायो ।’

उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका-५ को वडा कार्यालयमा निवेदन दिइन । वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो । नइम भने विदेशमै थिए । छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ । त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्तिबापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ । तर, विवाहनामाको सर्त उल्लेख छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा शम्भु यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : १३ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो