१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

तमसुकमा बिहे, वडामा तलाक



सिरहा । सिरहाको लहान नगरपालिका-५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर-२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो । विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे ।

दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ । सुन-चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छb। जसमा लेखिएको छ- ‘श्रीमान्ले श्रीमती…..सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू ।’

नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे । ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो । श्रीमान् पनि विदेश गयो । विदेश जान रोक्न खोज्दा पनि मानेन । थाहै नदिई गयो’, तवसुमले भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन । यता घरमा सासू-ससुराले पीडा दिन थाल्यो ।’ उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन । पछि गाउँका जातीय अगुवाले छलफल गरी सासू-ससुरासँगै बस्न पठाएको उनले सुनाइन ।

‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ । श्रीमान् पनि सम्पर्कविहीन भयो । सासू-ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे । तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक)को निवेदन हाल्न लगायो ।’

उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका-५ को वडा कार्यालयमा निवेदन दिइन । वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो । नइम भने विदेशमै थिए । छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ । त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्तिबापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ । तर, विवाहनामाको सर्त उल्लेख छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा शम्भु यादवले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : १३ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा