१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

नबिल बैंकद्धारा दिगो बैंकिङ्गको लागि साझेदारी



काठमडौ । नबिल बैंकले धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

गल्छी शाखालाई नबिल दिगो बैंकिङ्गको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसगँ गाउँपालिकाको विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताए ।

बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्ग सुरुवात गरेको हो । सरकारकँे दिगो बिकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षत गरि दिगो बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

 

 

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ४९ बजे

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति