२८ भदौ २०८३, आइतबार | September 13, 2026

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद भएको छ ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार यात्रुबाहक बसबाट प्रहरीले ती दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँचका क्रममा स्रोत नखुलेको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कूष्ण अढाडे छन्। यीमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३९ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत