१७ बैशाख २०८१, सोमबार | April 29, 2024

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद भएको छ ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार यात्रुबाहक बसबाट प्रहरीले ती दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँचका क्रममा स्रोत नखुलेको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कूष्ण अढाडे छन्। यीमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३९ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको