८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

जारी बैठकमा १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए । आजको बैठकमा तीनै प्रतिवेदन पारित गर्ने तयारी रहेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको बताए ।

जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा संविधान जारी हुँदासम्म एउटा क्रान्ति हासिल गरिएको र अब नेपालीका समाजमा रहेका सामाजिक र आर्थिक पछौटेपनलाई रुपान्तरण र क्रान्तिका उपलब्धिलाई संस्थागत सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाका रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको उनको भनाइ छ ।

यस्तै टोली नेताले कम्युनिष्ट आन्दोलन एकता विभाजनको कालखण्डबाट गुज्रिँदै आएको र एमाले एकताको प्रतीक रहेकाले विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने ऐतिहासिक कार्यभार एमालेले पूरा गर्नुपर्ने पनि सुझाव दिएको छ ।

यस्तै टोली पार्टीमा प्रत्येक तहमा युवाको नीति निर्माण तहदेखि कार्यन्वयनमा युवाको सहभागितामा स्थानीय तहदेखि केन्द्रीय तहसम्म बढाउनुपर्नेमा समेत सुझाव आएको उनको भनाई छ । उनका अनुसार पार्टीलाई बढीभन्दा बढी महिला, दलित, अल्पसङ्ख्यक, मधेसी र जनजातिको सहभागिता बढाउँदै पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने पनि सुझाव टोली नेताले दिएका छन् । सत्तरी वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको नेता भट्टराईले जानकारी दिए । यस्तै टोली नेताले पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिएको छ ।

आइतबार बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन । उनीहरूले जवाफ दिएपछि बैठकले प्रतिवेदन पारित हुने नेता भट्टराईले बताए ।

केन्द्रीय कमिटी बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेस हुने नेता भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा