२१ असार २०८३, आइतबार | July 5, 2026

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

जारी बैठकमा १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए । आजको बैठकमा तीनै प्रतिवेदन पारित गर्ने तयारी रहेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको बताए ।

जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा संविधान जारी हुँदासम्म एउटा क्रान्ति हासिल गरिएको र अब नेपालीका समाजमा रहेका सामाजिक र आर्थिक पछौटेपनलाई रुपान्तरण र क्रान्तिका उपलब्धिलाई संस्थागत सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाका रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको उनको भनाइ छ ।

यस्तै टोली नेताले कम्युनिष्ट आन्दोलन एकता विभाजनको कालखण्डबाट गुज्रिँदै आएको र एमाले एकताको प्रतीक रहेकाले विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने ऐतिहासिक कार्यभार एमालेले पूरा गर्नुपर्ने पनि सुझाव दिएको छ ।

यस्तै टोली पार्टीमा प्रत्येक तहमा युवाको नीति निर्माण तहदेखि कार्यन्वयनमा युवाको सहभागितामा स्थानीय तहदेखि केन्द्रीय तहसम्म बढाउनुपर्नेमा समेत सुझाव आएको उनको भनाई छ । उनका अनुसार पार्टीलाई बढीभन्दा बढी महिला, दलित, अल्पसङ्ख्यक, मधेसी र जनजातिको सहभागिता बढाउँदै पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने पनि सुझाव टोली नेताले दिएका छन् । सत्तरी वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको नेता भट्टराईले जानकारी दिए । यस्तै टोली नेताले पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिएको छ ।

आइतबार बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन । उनीहरूले जवाफ दिएपछि बैठकले प्रतिवेदन पारित हुने नेता भट्टराईले बताए ।

केन्द्रीय कमिटी बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेस हुने नेता भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४० बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को