७ आश्विन २०८३, बुधबार | September 23, 2026

धनकुटा कांग्रेसको ६ पालिका नेतृत्व चयन, १ मा स्थगित



धनकुटा । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्र्तगत धनकुटामा शनिबार एउटाबाहेक ६ वटामा नयाँ कार्यसमिति चयन भएको छ । ७ वटा पालिकामध्ये चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ ।

चौविसे गाउँपालिकामा पदाधिकारीको लागि र महालक्ष्मी नगरपालिकामा सभापतिको लागि मतदान भएको हो । यस्तै पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमी गाउँपालिकामा सर्वसम्मत कार्य समिति चयन भएका छन् । धनकुटा नगरपालिकामा आइतबारसम्मलाई सहमतिका लागि स्थगित भएको हो ।

निर्वाचनमा के भयो ?

चौविसे गाउँपालिकामा पदाधिकारीका लागि भएको निर्वाचनमा गुणराज राई ७३ मत पाएर विजयी भएका छन् । उनीसँग चुनाव लडेका ललित चेम्जोङ्गले ६३ मत प्राप्त गरे । उपसभापतिमा कमलप्रसाद बरालले ६८ र महेन्द्र शेर्माले ६६ मत प्राप्त गरी विजयी भए । टेकबहादुर याख्खाले ६४ मत प्राप्तका थिए । यस्तै सचिवमा नगेन्द्र मगर ६६ मत प्राप्त गरी विजयी भएका छन् ।

सचिवमा र शान्ति आले मगरले ६५ र अर्जुन बरालले पनि ६५ मत प्राप्त गरेका थिए । आले र बरालले बराबरी मत पाएपछि गोलाप्रथाबाट आले निर्वाचित भएका थिए । सहसचिवमा डिकबहादुर मगरले ६८ र भीमबहादुर लिम्बू ६७ मत पाएर विजयी भएका छन् । उनीहरूसँग चुनाव लडेका सपन श्रेष्ठले ६३ र मानबहादुर आचार्यले ५६ मत प्राप्त गरे । यस्तै चौविसेमा ३७ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।

यस्तै महालक्ष्मी नगरपालिकामा वर्तमान सभापति ध्रुवराज राया र सचिव परिवर्तनराज पौडेल सभापतिको पदको लागि चुनावी प्रतिष्पर्धा भएको छ । जसमा राया एक सय ५ मत प्राप्त गरेर विजयी भए भने पौडेलले ३९ मत प्राप्त गरे । महालक्ष्मी नगरपालिकामा अन्य पदमा सर्वसम्मत भएको कांग्रेस जिल्ला सदस्य लेखनाथ पौडेलले बताए । उनका अनुसार महालक्ष्मी नगरको उपसभापतिमा गोपालचन्द्र पौडेल र हिक्मत भण्डारी, सचिवमा कृष्णराज केसी र भीमराज खड्का, सहसचिवमा रेशम सापकोटा र कृष्णबहादुर कटुवाल सर्वसम्मत निर्वाचित भएका छन् । महालक्ष्मी नगरपालिकामा अन्य ५२ सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मतमा को-को ?

पाख्रिवास नगरपालिकामा सभापति प्रेम भण्डारी, उपसभापति चन्द्रबहादुर बस्नेत र गंगादेवि राई, सचिवमा वीरबहादुर थापा र सन्तोष मानन्धर सहसचिवमा दानबहादुर तामाङ्ग र इन्दिरा कार्कीलगायत अन्य ३५ सदस्य निर्विरोध निर्वाचित भएको कांग्रेस नेता ज्ञानबहादुर गुरुङ्गले जानकारी दिए ।

यस्तै साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । गाउँपालिका सभापतिमा नेपालधन राई, उपसभापतिमा प्रकाश राई र मणि राई, सचिवमा आइत इङ्नाम र खगेन्द्र लिम्बू, सहसचिबमा मनिन्द्र राई र धर्म मगर, कोषाध्यक्षमा मणि देवानलगायत अन्य ३८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

छथर जोरपाटी गाउँपालिकामा सभापतिमा छत्र सुब्बा, उपसभापतिमा मणिकर्ण दाहाल र राम राई, सचिवमा पदम भट्टराई र केशव चापागाँई, सहसचिवमा नगेन्द्रजंग थापा र बुद्धिराज लिम्बू, कोषाध्यक्षमा पार्शसिंह रानालगायत अन्य ३७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सहिदभूमीमा पनि कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । गाउँपालिका सभापतिमा दिपेश राई, उपसभापतिमा मधुसूदन राई र तोर्णबहादुर परियार, सचिवमा दिपेन राई र आत्माराम राई, सहसचिव रविन्द्र राई र कोषाध्यक्ष हेमन्त मगरलगायत अन्य २२ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

धनकुटा नगरपालिकामा स्थगित

धनकुटा नगरपालिकाको अधिवेशन स्थगित भएको छ । सर्वसम्मतिको प्रयास भन्दै धनकुटा नगरपालिको अधिवेशन आइतबार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो । धनकुटा नगरपालिको सभापतिमा नरेश श्रेष्ठ र अभिषेक कर्माचार्यले दाबी गरेका छन् । अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको छ । धनकुटा नगरपालिकामा हाल सभापति रहेका रोशन श्रेष्ठको नाम सर्वसम्मतको रुपमा अघि सारिएको थियो । तर, श्रेष्ठको नाममा पनि सर्वसम्मत नभएको बताइएको छ ।

सभापतिबाहेक अन्य पदमा सर्वसम्मत भइसकेको र सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको कांग्रेस धनकुटाका सचिव विजयसञ्तोषी राईले बताए । प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनलाई विशेष गरी धनकुटा नगरपालिकाको अधिवेशनले प्रभाव पार्ने भएकाले यसलाई नेताहरुले निक्कै प्राथमिकता राखेको बताइएको छ ।

धनकुटा नगरपालिकाको उपसभापतिमा अमित लो तामाङ र बाशुदेब भण्डारी, सचिवमा लोकबहादुर भण्डारी र राम तामाङ्ग, सहसचिवमा शारदा सन्तोषी राई र ज्ञानेन्द्र बहादुर बस्नेतलगायत अन्य ५३ सदस्य भने निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११