१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

धनकुटा कांग्रेसको ६ पालिका नेतृत्व चयन, १ मा स्थगित



धनकुटा । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्र्तगत धनकुटामा शनिबार एउटाबाहेक ६ वटामा नयाँ कार्यसमिति चयन भएको छ । ७ वटा पालिकामध्ये चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ ।

चौविसे गाउँपालिकामा पदाधिकारीको लागि र महालक्ष्मी नगरपालिकामा सभापतिको लागि मतदान भएको हो । यस्तै पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमी गाउँपालिकामा सर्वसम्मत कार्य समिति चयन भएका छन् । धनकुटा नगरपालिकामा आइतबारसम्मलाई सहमतिका लागि स्थगित भएको हो ।

निर्वाचनमा के भयो ?

चौविसे गाउँपालिकामा पदाधिकारीका लागि भएको निर्वाचनमा गुणराज राई ७३ मत पाएर विजयी भएका छन् । उनीसँग चुनाव लडेका ललित चेम्जोङ्गले ६३ मत प्राप्त गरे । उपसभापतिमा कमलप्रसाद बरालले ६८ र महेन्द्र शेर्माले ६६ मत प्राप्त गरी विजयी भए । टेकबहादुर याख्खाले ६४ मत प्राप्तका थिए । यस्तै सचिवमा नगेन्द्र मगर ६६ मत प्राप्त गरी विजयी भएका छन् ।

सचिवमा र शान्ति आले मगरले ६५ र अर्जुन बरालले पनि ६५ मत प्राप्त गरेका थिए । आले र बरालले बराबरी मत पाएपछि गोलाप्रथाबाट आले निर्वाचित भएका थिए । सहसचिवमा डिकबहादुर मगरले ६८ र भीमबहादुर लिम्बू ६७ मत पाएर विजयी भएका छन् । उनीहरूसँग चुनाव लडेका सपन श्रेष्ठले ६३ र मानबहादुर आचार्यले ५६ मत प्राप्त गरे । यस्तै चौविसेमा ३७ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।

यस्तै महालक्ष्मी नगरपालिकामा वर्तमान सभापति ध्रुवराज राया र सचिव परिवर्तनराज पौडेल सभापतिको पदको लागि चुनावी प्रतिष्पर्धा भएको छ । जसमा राया एक सय ५ मत प्राप्त गरेर विजयी भए भने पौडेलले ३९ मत प्राप्त गरे । महालक्ष्मी नगरपालिकामा अन्य पदमा सर्वसम्मत भएको कांग्रेस जिल्ला सदस्य लेखनाथ पौडेलले बताए । उनका अनुसार महालक्ष्मी नगरको उपसभापतिमा गोपालचन्द्र पौडेल र हिक्मत भण्डारी, सचिवमा कृष्णराज केसी र भीमराज खड्का, सहसचिवमा रेशम सापकोटा र कृष्णबहादुर कटुवाल सर्वसम्मत निर्वाचित भएका छन् । महालक्ष्मी नगरपालिकामा अन्य ५२ सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मतमा को-को ?

पाख्रिवास नगरपालिकामा सभापति प्रेम भण्डारी, उपसभापति चन्द्रबहादुर बस्नेत र गंगादेवि राई, सचिवमा वीरबहादुर थापा र सन्तोष मानन्धर सहसचिवमा दानबहादुर तामाङ्ग र इन्दिरा कार्कीलगायत अन्य ३५ सदस्य निर्विरोध निर्वाचित भएको कांग्रेस नेता ज्ञानबहादुर गुरुङ्गले जानकारी दिए ।

यस्तै साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । गाउँपालिका सभापतिमा नेपालधन राई, उपसभापतिमा प्रकाश राई र मणि राई, सचिवमा आइत इङ्नाम र खगेन्द्र लिम्बू, सहसचिबमा मनिन्द्र राई र धर्म मगर, कोषाध्यक्षमा मणि देवानलगायत अन्य ३८ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

छथर जोरपाटी गाउँपालिकामा सभापतिमा छत्र सुब्बा, उपसभापतिमा मणिकर्ण दाहाल र राम राई, सचिवमा पदम भट्टराई र केशव चापागाँई, सहसचिवमा नगेन्द्रजंग थापा र बुद्धिराज लिम्बू, कोषाध्यक्षमा पार्शसिंह रानालगायत अन्य ३७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सहिदभूमीमा पनि कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । गाउँपालिका सभापतिमा दिपेश राई, उपसभापतिमा मधुसूदन राई र तोर्णबहादुर परियार, सचिवमा दिपेन राई र आत्माराम राई, सहसचिव रविन्द्र राई र कोषाध्यक्ष हेमन्त मगरलगायत अन्य २२ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

धनकुटा नगरपालिकामा स्थगित

धनकुटा नगरपालिकाको अधिवेशन स्थगित भएको छ । सर्वसम्मतिको प्रयास भन्दै धनकुटा नगरपालिको अधिवेशन आइतबार बिहान १० बजेसम्मका लागि स्थगित भएको हो । धनकुटा नगरपालिको सभापतिमा नरेश श्रेष्ठ र अभिषेक कर्माचार्यले दाबी गरेका छन् । अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको छ । धनकुटा नगरपालिकामा हाल सभापति रहेका रोशन श्रेष्ठको नाम सर्वसम्मतको रुपमा अघि सारिएको थियो । तर, श्रेष्ठको नाममा पनि सर्वसम्मत नभएको बताइएको छ ।

सभापतिबाहेक अन्य पदमा सर्वसम्मत भइसकेको र सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको कांग्रेस धनकुटाका सचिव विजयसञ्तोषी राईले बताए । प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनलाई विशेष गरी धनकुटा नगरपालिकाको अधिवेशनले प्रभाव पार्ने भएकाले यसलाई नेताहरुले निक्कै प्राथमिकता राखेको बताइएको छ ।

धनकुटा नगरपालिकाको उपसभापतिमा अमित लो तामाङ र बाशुदेब भण्डारी, सचिवमा लोकबहादुर भण्डारी र राम तामाङ्ग, सहसचिवमा शारदा सन्तोषी राई र ज्ञानेन्द्र बहादुर बस्नेतलगायत अन्य ५३ सदस्य भने निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग