८ बैशाख २०८१, शनिबार | April 20, 2024

अफगानिस्तानद्वारा एशियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत



काबुल । अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।

अफगान परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तरराष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ ।’

अफगानिस्तानले अमेरिका र अन्य अन्तरराष्ट्रिय संगठनहरू सहित सबै देशहरू अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा पनि गरेको छ।

तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले अफगानिस्तान छिमेकी लगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । यसै बीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्थाहरू र अन्य केही अन्तरराष्ट्रिय संगठनहरूलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ।

यस महिनाको शुरुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्ण आर्थिक पतनको सम्भावना ूगम्भीरू रहेको चेतावनी दिदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तरराष्ट्रिय समूदायलाइ आग्रह गरेका थिए ।

उनले अफगानिस्तानको लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने वाचा गर्ने देशहरूलाई छिटो कदम चाल्न समेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीहरूले उक्त सहायता पारदर्शी ढङ्गले लक्ष्यित समूहमा पुर्याउँने प्रदिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ५९ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु