२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सत्तामा छँदा असाधारण काम गरेका छौं, चुनावमा एजेण्डाको कमी छैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएको समयमा असाधारण काम गरेको दाबी गरेका छन् ।

केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्वमा भएका बेला असाधारण काम गरेको दाबी गरेका हुन् । राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त नै प्रस्तुत गरे । उनले धेरैले सिक्नुपर्ने गरी आफ्नो नेतृत्वको सरकारले सरकारले काम गरेको बताए ।

अध्यक्ष ओलीले राम्रो काम गरेका कारण चुनावमा आफुहरुलाई कुनै समस्या नभएको जिकिर गरे । उनले चुनावमा जाने एजण्डा के बनाउने भन्ने अवस्था आफ्नो पार्टीलाई न भएको बताए । एकपटक प्रतिपक्षमा पुग्यौं भन्दैमा आत्तिनु नपर्ने बताउँदै ओलीले फेरि सम्हालिएर अघि बढ्न सक्ने प्रतिवद्धता जनाए ।

ओलीले राजनीतिक प्रतिवेदनमा भविष्यलाई निर्दिष्ट विचार र गन्तव्य रहेको बताए । अहिले पार्टीको ध्यान महाधिवेशन र संगठन निर्माणमा हुनुपर्ने उनले धारणा राखे ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : २४ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६