५ पुस २०८२, शनिबार | December 20, 2025

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक – अध्यादेश खारेज गर्ने निर्णय हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय हुने बताइएको छ । अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने भएपछि प्रधानमन्त्री देउवालेले बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्ले अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिश पेश हुनेछ ।

नेकपा एमालेबाट माधवकुमार नेपालपक्ष बाहिरिने भएपछि सरकारले उनीहरुलाई सजिलो हुनेगरी केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत मात्र सदस्य भएपनि दल विभाजन गर्न सक्ने प्रावधान राख्दै अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएकै दिन नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका थिए ।

तर, यही अध्यादेश सत्तारुढ गठबन्धनको अर्को महत्वपूर्ण दल जनता समाजवादी पार्टी जसपाका लागि घाँडो भएपछि प्रधानमन्त्री देउवा दबाबमा परेका थिए । मन्त्री बनाउने आश्वासनसहित महन्थ ठाकुर पक्षबाट आफ्नो पक्षमा तानेका केही सांसदले मन्त्री पद नपाउँदा पार्टी फोड्नसक्ने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नभएसम्म सरकार विस्तार हुन नसक्ने अडान राख्दै आएका थिए ।

 

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको