१९ बैशाख २०८१, बुधबार | May 2, 2024

‘संसदमा प्रतिपक्षको आवाज सुनिनुपर्छ’



काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा संचारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने, “एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।”

बस्नेतले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्कोले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाए ।

उनले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिए । उनले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि जनाए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ३० बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी