४ भदौ २०८३, बिहिबार | August 20, 2026

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अध्यादेश खारेज गरिएको जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिउको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । देउवा सरकारकै सिफारिसमा जारी भएको सो अध्यादेशबाट एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका थिए । संसदीयदल वा केन्दीय समितिमा २० प्रतिशत पुगे दल अलग हुन पाउने प्रावधान सहितको अध्यादेश आएपछि जसपा पनः विभाजन हुन सक्ने भन्दै जसपा नेताहरुले अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने अडान राख्दै आएको थियो ।

सत्तासाझेदार जसपाको माग अनुसार अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ४० बजे

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय