५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अध्यादेश खारेज गरिएको जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिउको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । देउवा सरकारकै सिफारिसमा जारी भएको सो अध्यादेशबाट एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका थिए । संसदीयदल वा केन्दीय समितिमा २० प्रतिशत पुगे दल अलग हुन पाउने प्रावधान सहितको अध्यादेश आएपछि जसपा पनः विभाजन हुन सक्ने भन्दै जसपा नेताहरुले अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने अडान राख्दै आएको थियो ।

सत्तासाझेदार जसपाको माग अनुसार अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको