११ श्रावण २०८३, सोमबार | July 27, 2026

सैनामैनामा बस पर्खिरहेका आमा-छोराको ट्रकको ठक्करबाट मृत्यु



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ट्रकले ठक्कर दिदा आमा छोराको मृत्यु भएको हो ।

ठक्करबाट सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ बर्षिय राधा भट्टराई र उनका छोरा २१ बर्षिय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडिसम्म छोड्न आमा आएकी थिइन् ।

ठक्करबाट गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ३८ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा