२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सैनामैनामा बस पर्खिरहेका आमा-छोराको ट्रकको ठक्करबाट मृत्यु



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ट्रकले ठक्कर दिदा आमा छोराको मृत्यु भएको हो ।

ठक्करबाट सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ बर्षिय राधा भट्टराई र उनका छोरा २१ बर्षिय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट बुटवल तर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडिसम्म छोड्न आमा आएकी थिइन् ।

ठक्करबाट गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ३८ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा