२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलका पहिरो प्रभावितलाई राहत प्याकेज र उचित व्यवस्थापन गर्न माग गर्दै कांग्रेसले बुझायो मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र



बुटवल । नेपाली कांग्रेसले बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रका पहिरो प्रभावितहरुलाई राहत प्याकेज ल्याउन तथा अल्पकालिन र दीर्घकालिन व्यवस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार नेपाली कांंग्रेस बुटवल नगर समितिको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर पहिरो प्रभावितलाई राहत तथा उनीहरुलाई तत्काल व्यबस्थापन गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले यो विषयलाई गम्भिरतापूर्वक लिन मुख्यमन्त्री केसीलाई आग्रह गरे । त्यस्तैगरी कांग्रेसले तिनाउ दानव नदिको कटानका कारण भएको क्षती प्रति पनि गम्भिर बन्न आग्रह गर्दै उनीहरुलाई समेत राहतको व्यवस्था गर्न र तटवन्धनको प्रवन्ध मिलाउन माग गरेको छ ।

कांग्रेसले कालिका पथ सडक बिस्तार, वेलवास-वेथरी सडक र आउँदै गरेको चाडपर्वको समयमा मुल्यबृद्धि र कालोवजारी हुन नदिन सरकारलाई गम्भिर बन्न आग्रह गरेको छ । नगरभित्र भएका बिभिन्न मुद्धा उठान र समाधानका लागि पहल गरेर मात्रै कांग्रेस पार्टी कार्यालयमा जाने सभापति पाण्डेयले बताए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले पहिरो प्रभावितलाई राहत, उद्धार र व्यबस्थापनलाई प्राथमिकता दिएको र यसले केहिदिनमै ठोस उपलब्धि निकाल्ने बताए ।

उनले त्यसको लागि सरकारको तर्फबाट तथ्यांक संकलनको काम भईरहेको र चाडपर्व अघि नै राहत दिनेगरी सरकारले तयारी गरेको जानकारी समेत गराए ।मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको र मंगलबार सरोकारवालाका बिचमा बैठक राखिएको बताए ।

सोहि अवसरमा कांग्रेसले लुम्बिनी प्रदेशका शहरी बिकास तथा पर्यटन मन्त्री डिल्ली चौधरीलाइ पनि सोही ब्यहोराको पत्र बुझाएको हो । सो कार्यक्रम कांग्रेस नगर सचिव छायाँ पोखरेलले संचालन गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ५३ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको