१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिने, असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विशवासको मत लिने भएका छन् । सोही प्रयोजनका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेशप्रमुखसमक्ष सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टी जसपाबाट मुख्यमन्त्री बनेका राउतले आफ्नो पार्टी विभाजन भएपछि विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले प्रतिनिधित्वि गर्ने दल विभाजन भएपछि अनिवार्य रुपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संविधानको धारा १८८ को उपधारा २ मा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए तीस दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

मुख्यमन्त्रीको दल विभाजन भएपनि उनी सहज बहुमतमा छन् । व्यवहारिक रुपमा पहिल्यै फुटिसकेको जसपाका मुख्यमन्त्री राउतले यसअघि नै पार्टीभित्रको फरक धार महन्थ ठाकुर पक्षधर मन्त्री र सांसदहरुलाई संसदीय दलबाटै हटाएका थिए । उनीहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा छन् ।

अहिले प्रदेश २ सरकारमा जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन् । केन्द्रमा गठबन्धन भएका कारण एकीकृत समाजवादीको पनि राउतलाई नै समर्थन रहेको छ । १३ जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीसमेत सरकारमा सहभागी भए राउतको पक्षमा दुई तिहाइको पुग्नेछ। प्रदेश २ प्रदेशसभामा १०४ जना सांसद रहेका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ३४ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी