२९ भदौ २०८३, सोमबार | September 14, 2026

आइएमई पे र नियोटेरिक नेपालवीच सम्झौता



काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको छ । दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्कीमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्कीम सफल बनाउन सवैलाई सफलता मिलोस् भनि शुभकामना व्यक्त गरे ।

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले क्ष्क्ष्ँभ् श्भम ब्ष्च जकज्ञद्ध ीबउतयउ जित्न सक्नुहुनेछ भने कुनैपनि ीयनष्तभअज, चबउयय, चष्अय, ष्मभबपबचम, कभलजभष्कभच खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको अफर रहेको छ । साथै इलभ एगिक एजयलभ खरिद गर्दा ज्षगतगचभ भ्बचदगमक त्ष्मथदगक सित्तैमा पाउन सक्नेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ५८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ