३२ असार २०८३, बिहिबार | July 16, 2026

कुमारी बैंक  र यती एअरलाइन्सले जारी गरे स्काई क्लव कार्ड



काठमाडौ । कुमारी बैंक र  यती एअरलाइन्सले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक Swipe and Fly Campaign को शुरुवात गरेका छन् ।

यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने छ ।

यसै सन्दर्भमा कुमारी बैंक लि.का निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिाले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालज्यूले बताए । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ ।

यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गरे ।

यसै सन्दर्भमा “अब हाम्रा ग्राहकहरुले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन् ।” यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिंगका प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।

“अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको काम गर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टज्यूले जानकारी दिँदै भने, “बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ ।

निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमको ट्यागलाइन नै We Reward Your Spending राखिएको छ ।”

सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध