२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एसपी र डीएसपी कै अगाडि प्रहरीहरूले धमाधम् घुस खाएपछि……..



नेपालगन्ज । बाँके प्रहरीका प्रहरी प्रमुख र उप प्रमुखले गरेको छड्के अनुगमनमा नेपाल भारत सीमाका जमुनाहामा कार्यरत दर्जन बढी प्रहरी कर्मचारीले प्रहरी आचरण विपरित काम गरेको भेटिएको छ । सादा पोषाक सहित अर्के आवरणमा छडके गर्न पुगेका बाँके प्रहरी प्रमुख र उप प्रमुखकै अगाडि सीमामा खटिएका प्रहरीहरुले धमाधम घुस खाने देखि नागरिकलाई अनावश्यक दुःख दिईरहेको भेटिएपछि एकै पटक १७ जना प्रहरी कर्मचारीलाई जिल्लामा तानिएको बाँके प्रहरीले जनाएको छ ।

दशैं मान्नका लागि भारतबाट नेपाल फर्किरहेका नेपालीहरुले सीमामा दुःख पाउने गरेको जनगुनासो आएपछि बुधबार बिहानै बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपाने सामान्य पोषाकमा जमुनाहा पुगेका थिए । प्हरी प्रमुख र प्रवक्ता जमुनाहा स्थित प्रहरी चोकीमा पुग्दा प्रहरी कर्मचारीहरु कोही भारतबाट आएका नागरिकहरुसँग घुस मागिरहेको अवस्था, कोही प्रहरी घुस दिन नमान्नेहरुको पोका, झोला लथालिङ्ग बनाईरहेको अवस्था त कोही प्रहरी आचरण विपरित ब्यबहार देखाईरहेको अवस्थामा भेटिएपछि एकै पटक १७ जना प्रहरी कर्मचारीलाई जमुनाहाबाट जिल्ला प्रहरी कार्यालय तानिएको छ । सीमामा नागरिक सुरक्षाका लागि खटिएर पनि सन्तोषजनक काम नगरेका प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला प्हरी कार्यालय तानिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षका मधुसुदन न्यौपानेले जानकारी दिए ।

सीमामा भारतबाट नेपाल फर्किरहेका नेपाली नागरिकलाई अनावश्यक दु:ख दिँदै गरेको भेटिएपछि जिल्लामा तानिएको डिएसपी न्यौपानेले बताए । एसपी र डिएसपी ले सीमामामा कार्यरत हवल्दार सहितको टिमलाई जिल्लामा तानेपनि उनीहरुको कमाण्ड गर्ने चोकी इन्चार्ज पूर्ण बस्नेतलाई भने जिल्ला तानिएको छैन । छड्केका बेला इन्चार्ज अन्यत्रै रहेका कारण उनलाई जिल्ला नतानिएको बताइएको छ ।

‘इन्चार्ज माथि पनि निगरानी राखिएको छ, कमजोरी वा गलत काम गरेको प्रमाणित भए उन्मुक्ति दिईने छैन ।’ डीएसपी न्यौपानेले भने ।

जिल्लामा फिर्ता बोलाईएका १७ जना प्रहरीको स्थानमा एक महिला जुनियर अधिकृत थपेर पठाई सकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट फर्कने नेपालीहरुमा महिलाहरुको संख्या पनि ठुलो देखिएकाले एकजना महिला असई सहितको टोली खटाईएको उनले बताए । सीमामा ५ जना महिला प्रहरी कार्यरत छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : २१ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा