७ बैशाख २०८३, सोमबार | April 20, 2026

मदन भण्डारी स्पाेर्टस् एकेडेमीले रुपन्देहीमा भलिबल एकेडेमी चलाउदै



बुटवल । मदन भण्डारी स्पाेर्टस् एकेडेमी, रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ। भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो। बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मदन भण्डारी भलिबल एकेडेमीका उपाध्यक्ष युवराज सारुले खेल मैदान तयार गर्ने आवश्यक तयारी पुरा भएको जानकारी दिए।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपाने, युवा नेता तथा खेलप्रेमी पुरन गुरुङ,, देवि वाग्ले, शंकर पाण्डे लगायतले खेल प्रशिक्षक र खेलाडीहरूलाइ खेल सामाग्री र जर्सी हस्तान्तरण गरेका थिए ।

मदन भण्डारी एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले मदन भण्डारी एकेडेमीको निक्कै कठिनाईको अवस्थामा स्थापना भएको भन्दै यो सबैको साझा संस्था भएको दाबी गरे। ब्यवसायिक खेलाडी बनाउने लक्ष्यसहित राष्ट्रिय झण्डाको पहिचानका लागि आफुहरु लागेको उनले बताए।

कार्यक्रममा जिवलाल आश्रित प्रतिष्ठाका केन्द्रीय अध्यक्ष डा सागर न्यौपानेले नेपाली परिवेशमा सानै उमेरबाट नै खेलकुदमा रोक लगाउने समाजमा पछिल्लो समयमा ठूलो परिवर्तन आएको बताए । खेलकुदबाट शारिरिकसंगै मानसिक विकासमा सकारात्मक प्रभाव पारेको उनले बताए।

एकेडेमीमा भलिबल प्रशिक्षक राजन कुवरले खेलाडीहरुलाई प्रशिक्षण गराउदै आएका छन। असोज १५ गतेबाट शुुरु हुने लाफा समुहको भलिबल प्रतियोगितामा एकेडेमीको २ टिमले भाग लिने भएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ४९ बजे

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको