१२ बैशाख २०८१, बुधबार | April 24, 2024

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले रोष्टम अगाडि आएर प्रदर्शन गरेका छन् ।

सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै संसद अवरुद्ध बनाए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घका प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गरेका थिए ।

एमाले सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराए । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गते मंगलवार दिउँसो १ बजे बस्ने भएको छ । बैठक जम्मा ८ मिनेट बसेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ४८ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।