१३ असार २०८३, शनिबार | June 27, 2026

बुटवलमा भोलीदेखी लाफा बि लेभल पुरुष भलिबल प्रतियोगिता हुदै



बुटवल । लाफा समुह बुटवलको आयोजनामा भोलीदेखी बि लेभल पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई व्यावसाहिक बनाउने उदेश्यका साथ लाफा समुहको आयोजनामा भोलीदेखी ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।

दिपनगर स्थित शिवनगर सामुदायिक वनमा रहेको खेलमैदानमा प्रतियोगिता सम्पन्न हुने समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि दोस्रो टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

समुहले सामाजिक उत्तरदायीत्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए ।

लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समुहका संरक्षक बासुदेव लामिछानेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : १६ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४