२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सीमा समस्या समाधान गर्न जिम्मेवार कुटनीतिक पहल गर्नुपर्छ : एमाले अध्यक्ष ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको बताए ।

शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान  महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाए ।

ओलीले कसैसँग पनि भैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताए । उनले भने, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढनेछ ।’ ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको स्पष्ट पारे ।

‘भारत सिमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन भन्ने कुरामा भारतको चासो देखिन्छ । भारतसँगको व्यापार घाटा लिपुलेक, लिम्पियाधुरा र कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सिमाको व्यवस्था हुने अनावश्यक चासो जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ’, ओलीले भने, ‘हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरु छिमेकीहरुबाट पनि चाहन्छौं । दुई देशबीचको समस्याहरुलाई जिम्मेवारी कूटनीतिक पहलको माध्यामबाट समाधान गर्न हामी चाहन्छौं । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि भैरभाव नराख्नु हो ।’

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : १८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa