२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पार्टी विभाजनको मुख्य योजनाकार माधव नेपाल (ओलीको प्रतिवेदनको पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले माधव नेपालको योजना पार्टीलाई तहसनहस गर्ने रहेको बताए ।

ओलीले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दावी समेत गरे । उनले त्यस्ता खालका गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवद्धत गर्ने चेतावनी समेत दिए । अध्यक्ष ओलीले भने ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौं ।’

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको जनाए । ओलीले भने ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पु-याएको पनि बताए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/10/Political-Statement-of-KP-oli.pdf” title=”Political Statement of KP oli”]

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : २९ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना