२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लाफा बि लेभल भलिबल प्रतियोगिता शुरु, मैत्रीपुर्ण खेलमा आयोजक विजयी



बुटवल । खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समुहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै खेलाडीहरुलाई संरक्षण र व्यवसायिक बनाउने उदेश्यका साथ दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूह बिच भएको मैत्रीपुर्ण खेलमा लाफा समुह विजयी भएको छ । लाफा समूहका पुर्व खेलाडीहरु खेलमा ३-१ को सेटमा विजयी भएका छन । पहिलो सेट २५-१७ र दोस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो । तर तेस्रो सेट पत्रकारले २५-१९ को अंकको जित निकाल्दै खेलमा फर्केको भएपनि चौथो सेट लाफाले २५-२२ मा जित्दै खेल आफ्नो कोल्टामा पारेको थियो ।

शिवनगर सामुदायिक वन विकास समितिका अध्यक्ष नारायण बहादुर घिमिरेले एक कार्यक्रमका बिच खेलको उद्घाटन गर्दै खेल पुर्वाधारमा अगाडि बढ्न जरुरी रहेको बताए । शिवनगर वन क्षेत्रमा खेलग्रामको योजना अगाडि बढाउन ३ तहकै सरकारबिच सहकार्यको काम अघि बढेको उनले बताए ।

धेरै खेलका सुविधासम्पन्न मैदान बनाउने गरि गुरुयोजना रहेको उनले बताए । कुनै बेला नेपालमा खेलाडीहरुलाई सरकारी र गैरसरकारी संस्थाहरुले नियुक्ति दिएर खेल र खेलाडी विकासमा योगदान आएको भएपनि पछिल्लो समय व्यवसायिक खेलमा अगाडी बढ्न नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा समाजसेवी चक्र बहादुर राना, देवेन्द्र थापा, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, वन विकास समितिका कोषाध्यक्ष राजेन्द्र रिजाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी, पत्रकार स्वस्तिक श्रेष्ठ, रुपन्देही स्नुकर तथा पुल हाउस संघका अध्यक्ष गजेन्द्र श्रेष्ठ, समुहका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले युवाहरुको खेल विकासमा सबैको पहल जरुरी रहेको बताए ।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको समुहका अध्यक्ष तारा रेश्मीमगरले बताए । ३ दिनसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको प्रथम, द्घितिय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि)थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका छन ।

प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए । भोलीको खेल बिहान ८ बजे देखी सुरु हुने पनि रानाले बताए ।

लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण दिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । रोल्पा, रुकुम, स्याङ्जा, पाल्पाबाट समेत सिक्दै आएको उनले बताए । एकेडेमीमा प्रशिक्षण लिदै आएका खेलाडीहरुबाट नै २ टिम प्रतियोगितामा भाग लिने उनले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ०८ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ