७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश, २० वर्ष भन्दा बढी काम गरेका कर्मचारीले पाए सम्मान



काठमाडौ । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ ।
जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गदैँ आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : २९ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।