२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको एक उद्योगमा काम गर्ने एकजना मुजदुरको खुकुरी प्रहारबाट ज्यान गएको छ । उद्योगमै काम गर्ने अर्का मुजदुरले खुकुरी प्रहार गर्दा नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमारको ज्यान गएको हो । खुकुरी प्रहारबाट थप एकजना घाईते भएका छन् ।

एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी पैहार गर्दा चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार सुद्धाेदन गाँउपालिका स्थित सदिक्षा स मिलमा काम गर्ने मजदुरहरु आईतबार साँझ कामबाट फर्केपछि सँगै मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद भएपछि भारतीय मजदुर रविले चमार माथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

रविको खुकुरी प्रहारबाट अवधेशका बुवा गोपिचन्द घाईते भएका छन् । अवधेशलाई खुकुरी प्रहार गरेपछि रविले उनका बुवा गोपिचन्दलाई पनि खुकुरी प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४८ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम