१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवल लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै प्रथम



बुटवल, असोज १८ । लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको छ ।

जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरि त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताईन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआइजेडले जनाएको छ । सोही मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको हो ।

जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको थियो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए । सोही आधारमा व्यसायिक वातावरण सर्वेक्षण (बीजनेश क्लाइमेट सर्वे) २०२०/२०२१ को नतिजा प्रकाशन गरि अवार्ड प्रदान गरिएको थियो ।

सो अवसरमा प्रमुख सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको जानकारी दिए । उनले समृद्ध बुटवल र खुशी बुटवलबासीको लक्ष्य अनुरुपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गर्नुभयो । बुटवलसंगको सहकार्यमा रहेको जीआइजेडलाई प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरे ।
आर्थिक सम्बन्ध विस्तार गरी लगानीका लागि प्रोत्साहन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी बुटवलबासीको लक्ष्य हासिल गर्नेतर्फ बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताए ।

बुटवलले आवधिक र सहरी विकास गुरुयोजना सहितको दीर्घकालीन महत्वका योजना बनाएर सोही अनुरुपका काम अगाडि बढाएको छ । यिनै कामको आधार, व्यवसायमा भएको लगानीको अवस्था, लगानीका नयाँ क्षेत्रको पहिचान र वातावरण, रोजगारीको अवस्था, नयाँ रोजगारीका क्षेत्रको विकासलगायतका कामको अवस्थाको मूल्यांकन गरिएको थियो ।

बुटवलमा भएको रोजगारीको अवस्था, साना तथा मझौला व्यवसायको क्षेत्र र तिनमा कार्यरत एवम् आश्रितहरुको अवस्थालगायतका विषयमा पनि सर्वेक्षण भएको थियो । रोजगारीको अवस्था र क्षेत्रका बारेमा आइएलओले सर्वेक्षण गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ३४ बजे

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख