१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमालेको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणाले तिलोत्तमाका एमाले कार्यकर्ता उत्साहित



बुटवल । नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा घोषणा गरेपछि रुपन्देहीका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको बुटवलमा दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणालाई एमाले तिलोत्तमा नगर कमिटीले स्वागत गरेको छ ।

एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुनुले यस क्षेत्रको पार्टीपंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनमा अध्यक्ष ओलीले गरेका थिए ।

“तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्”–एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने ।

बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको ऐतिहासिकता पनि बढ्ने बैठकले ठहर गरेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : ४३ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।