२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

एमालेको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणाले तिलोत्तमाका एमाले कार्यकर्ता उत्साहित



बुटवल । नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा घोषणा गरेपछि रुपन्देहीका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको बुटवलमा दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणालाई एमाले तिलोत्तमा नगर कमिटीले स्वागत गरेको छ ।

एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुनुले यस क्षेत्रको पार्टीपंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनमा अध्यक्ष ओलीले गरेका थिए ।

“तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्”–एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने ।

बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको ऐतिहासिकता पनि बढ्ने बैठकले ठहर गरेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : ४३ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज