१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लुम्बिनीमा अस्पताल बनाउने बौद्ध विश्वविद्यालयको योजना



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँग सहकार्य गरेर खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो ।

शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना रहेको विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बताए । ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ उनले भने ।

अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने योजना बनाइएको छ । अस्पताल ५० बेडसम्मको सञ्चालन गर्ने योजना छ ।

विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माण स्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा.प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : ३६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग