११ श्रावण २०८३, सोमबार | July 27, 2026

मिथिलामा नवरात्रको रमझम सुरु



महोत्तरी । महोत्तरीसहित मिथिलाक्षेत्रमा दशहारा बडादशैँ पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो ।

नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या कुमारी (अविवाहित किशोरी) ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्‍याउँदैछन् ।

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि बुधबार साँझ नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज बिहान ८ः१५ बजेभित्र नै यो कार्य सम्पन्न गर्न उत्तम हुने कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउछन् । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा शुभ मुहुर्त पहिल्याउने परम्परा छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिदै छ । आजै मन्दिरमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने प। झा बताउँछन् । पर्वका अवसरमा मिथिलाका गाउँ/नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् ।

खासमा प्रदेश नं २ का मिथिलाक्षेत्रमा सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा पूजित छन् । नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दशैँ प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजना गरिने मैथिल परम्परा भए पनि गत वर्षजस्तै यसपालि पनि कोभिड-१९ महाब्याधिको सङ्क्रमण पूर्ण नियन्त्रण नभएको हुँदा महोत्तरीसहितका प्रदेश नं २ का आठवटै जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न, हुलमूलमा नजान र आफ्नै घर परिवेशमा पर्व मनाउन जनसमुदायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १ : ०८ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत